२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल शेर्पा संघको २० लाख सहयोग

Nada
२०८३ भदौ २४ गते २२:१७
Shares
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल शेर्पा संघको २० लाख सहयोग

काठमाडौं : नेपाल शेर्पा संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ । संघको सामाजिक सेवा विभागमार्फत संकलन गरिएको २० लाख रुपैयाँ संघका केन्द्रीय अध्यक्ष लाक्पा ठिन्ले शेर्पाको नेतृत्वमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको संघका केन्द्रीय उपाध्यक्ष तथा सामाजिक सेवा विभाग प्रमुख सञ्जय शेर्पाले जानकारी दिए ।

ncell

रकम हस्तान्तरण कार्यक्रममा संघका पूर्वअध्यक्ष जिपछिरिङ लामा, निवर्तमान अध्यक्ष गेल्जे लामा शेर्पा, सल्लाहकार आङछिरिङ शेर्पा, तेन्जी शेर्पा र शेरसाङबु शेर्पा, उपाध्यक्ष दावा शेर्पा, उपाध्यक्ष तथा सामाजिक सेवा विभाग प्रमुख संजय शेर्पा, महासचिव लाक्पा जी शेर्पा, उपमहासचिव साङदोर्जे शेर्पा, कोषाध्यक्ष आङदोर्जे शेर्पालगायतको उपस्थिति थियो ।

संघका केन्द्रीय उपाध्यक्ष शेर्पाका अनुसार संघसँग संकलित बाँकी करिब ३० लाख रुपैयाँ भने नेपाल शेर्पा संघमार्फत बाढी तथा पहिरो प्रभावित पीडित परिवारलाई आर्थिक राहतका रूपमा वितरण गरिनेछ ।

संघले सहयोग गर्ने सहयोगी, दाता तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै राहत संकलन कार्य नियमित रूपमा जारी रहेको जनाएको छ ।

सम्बन्धित खबर