२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

Nada
२०८३ कार्तिक ८ गते ११:३३
Shares
धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुरधाम : धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् ।

ncell

माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी यादवको घाँटीमा धारिलो हतियार प्रहार भएको घाउ देखिएको छ । उनको हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

उनका श्रीमान् ३५ वर्षीय उमेश यादव घरदेखि करिब एक किलोमिटर टाढा रूखमा झुन्डिएको अवस्थामा आज बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । 

मिथिला बिहारी–४ भरतपुर निवासी उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए ।

मृतक दम्पतीका चार वर्षीय छोरा छन् । बालकको एउटा तिघ्रामा पनि धारिलो हतियार प्रहार भएको घाउ देखिएको प्रहरी नायब उपरीक्षक खनालले बताए । प्रहरी नायब उपरीक्षक खनालले घटनाको प्रकृति शंकास्पद देखिएको बताए । “घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ,” उनले भने ।

घटनाका कारण तथा मृत्युको परिस्थितिबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर