२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु

Nada
२०८३ कार्तिक ८ गते १६:३४
Shares
सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
फाइल तस्बिर

काठमाडौं : सप्तकोशीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

ncell

अरुण र दुधकोशीको संगम क्षेत्रनजिकै जेटबोट दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी एक बालिका, एक महिला र एक पुरुषको मृत्यु भएको हो । जेटबोटमा चालकसहित १४ जना सवार थिए ।

इन्जिन फेल भएर बग्ने क्रममा दुर्घटना भएको बताइएको छ ।

कोप्चे–बराहक्षेत्र जलयात्रा सेवा दसैँमा आवतजावत गर्ने यात्रुलाई लक्षित गरी केही दिनअघि मात्रै पुनः सञ्चालनमा ल्याइएको थियो ।

ताजा खबर

सम्बन्धित खबर