२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

गजल दिवस कार्यक्रम सर्‍यो, १६ असोजमा गरिने

Nada
२०८३ भदौ १६ गते १६:१९
Shares
गजल दिवस कार्यक्रम सर्‍यो, १६ असोजमा गरिने

काठमाडौँ : नेपाल प्रज्ञाप्रतिष्ठानले मोतीजयन्ती अर्थात् 'राष्ट्रिय गजल दिवस'मा २६ भदौमा गरिने कार्यक्रम मिति सारिएको जनाएको छ ।

ncell

गत २८ साउनमा प्राज्ञ परिषद्को पहिलो बैठकले आदिगजलकार मोतीराम भट्टको जन्मजयन्ती (कुशे औँसी)लाई 'राष्ट्रिय गजल दिवस'का रूपमा मनाउने निर्णय गरेको थियो । उक्त अवसरमा गजलको विशेष कार्यक्रम गर्ने प्रतिष्ठानको तयारी थियो ।

'भोटेकोशीमा १० भदौमा आएको अकल्पनीय बाढीका कारण देश नै शोकमा रहेको र अत्यन्त विपद्को अवस्था भएकाले २६ भदौमा गर्ने भनिएको गजलको विशेष कार्यक्रम १६ असोजका लागि सारिएको छ', काव्य, संस्कृति एवं डिजिटलाइजेसन विभाग प्रमुख दीपक सापकोटाले भने ।

सातै प्रदेशका प्रतिनिधि गजलकारहरूको गजलवाचन, मोतीरामका गजल गायनलगायत कार्यक्रम तय गरिएका उनले जानकारी दिए ।

सम्बन्धित खबर