२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

भोटेकोशी बाढीपीडितलाई आरती भोगको सहयोग

Nada
२०८३ भदौ १३ गते २०:३५
Shares
भोटेकोशी बाढीपीडितलाई आरती भोगको सहयोग

काठमाडौं : रसुवाको भोटेकोशीमा आएको भयानक बाढीबाट पीडितहरूको सहयोगका लागि आरती भोग परिवारले १ लाख २१ हजार ६ सय रुपैयाँ सहयोग गरेको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आउने बिरामी तथा कुरुवालाई निरन्तर निःशुल्क भोजन गराउँदै आएको उक्त परिवारले प्रधानमन्त्री दैवी उद्वार राहत कोषमा उक्त रकम जम्मा गरेको हो ।

ncell

त्यसका अतिरिक्त विपत्तिका कारणले समस्यामा रहेकाहरूलाई खानाको प्रबन्ध गरेको संस्थाका महासचिव मोहन कुमार ढुंगेलले जानकारी दिए । बाढीपीडितहरूका लागि भविष्यमा पनि निरन्तर सहयोगको आवश्यकता पर्ने हुनाले त्यसका लागि पनि तयारीमा लागेको उनले बताए ।

मुटुको रोग उपचारका लागि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आउने गरिब तथा असहाय बिरामी र बिरामी कुरुवाहरूका लागि निःशुल्क भोजन गराउने उद्देश्यसहित डा.बिनुबाबा अर्यालको अग्रसरता उक्त संस्था गत वर्ष मंसिर ३० गते स्थापना गरिएको हो । उक्त संस्थाले गत वर्ष ७३ हजार जनालाई नि:शुल्क भोजन गराएको थियो ।

संस्थाका महासचिव ढुंगेलले अन्नदान नै भगवानको परम सेवा हो भन्ने मान्यताका आधारमा मन फराकिलो पारेर पुण्य प्राप्तिको काम गरिरहेको बताए ।

निजी चन्दादाताबाट प्राप्त सहयोगका आधारमा सञ्चालन भइरहेको उक्त संस्थाले मावन परोपकारी कार्यलाई सकेसम्म मुलुकका दूरदराजका साधन र स्रोतको अभाव झेलिरहेका अस्पतालसम्म पुर्‍याउने लक्ष्य रहेको बताएको छ । महासचिव ढुंगेलले खाना खानेको संख्या दैनिक बढेको खाध्यान्नको निरन्तर मूल्य वृद्धि भएकोले चुनौती थपिएको बताए ।

सम्बन्धित खबर