२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

घटक संस्थाहरूको संघमाथि खबरदारी

Nada
२०८३ भदौ ७ गते १०:५३
Shares
घटक संस्थाहरूको संघमाथि खबरदारी

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफू सिन्डिकेटविरुद्ध कठोर रहेको बताइरहेका बेला संघलाई छाता संस्था मान्ने घटक संस्थाहरू संघमाथि निगरानी र दबाब बढाउने योजनामा देखिएका छन् ।

ncell

संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’लाई ज्ञापनपत्र बुझाएपछि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, वैदेशिक रोजगार व्यवसायी महिला संघ, नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समिति सामाखुशी, नेपाल वैदेशिक रोजगार व्यवसायी नेवा समाज, वैदेशिक रोजगार व्यवसायी तामाङ समाज, तराई मधेश वैदेशिक रोजगार व्यवसायी समाज र वैदेशिक रोजगार व्यवसायी विश्वकर्मा समाजका प्रतिनिधिलाई बोलाई सिन्डिकेटविरुद्ध घटक संस्था तथा संघको भूमिकाका विषयमा छलफल गरेको छ ।

एसोसिएसनका अध्यक्ष रामप्रसाद गैरेको अध्यक्षतामा भएको छलफलपछि एसोसिएसनका महासचिव सुमनराज पाण्डेले सिन्डिकेटविरुद्धको कार्यक्रममा संघलाई सबै क्षेत्रबाट सहयोग गर्ने, तर संघको नेतृत्व कठोर नभएको देखिए आफैं नेतृत्व लिने सहमति बनेको बताए ।

संयुक्त घटक संस्थाहरूले वैदेशिक रोजगार क्षेत्रमा कुनै निश्चित व्यक्ति वा समूहलाई मात्र लाभ पुग्ने गरी सिन्डिकेट कायम गर्ने, अन्य व्यवसायीहरूलाई व्यवसायबाट विस्थापित गर्ने वा सीमित व्यवसायीहरूको नियन्त्रणमा रोजगारीका अवसर केन्द्रित गर्ने कुनै पनि प्रयास आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् ।

मञ्चले भने सिन्डिकेटको विरोधमा लाग्नुपर्ने बेला संघको नेतृत्वलाई कमजोर देखाउने प्रयास गरिएको भन्दै संयुक्त विज्ञप्तिमा हस्ताक्षर नगरी छुट्टै वक्तव्यमार्फत आफ्नो धारणा सार्वजनिक गरेको छ ।

सिण्डिकेटविरुद्धका कार्यक्रममा ऐक्यबद्धता जनाउँदै नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई एफडब्ल्युसिएकएसमा समावेश भएका २५ वटा संस्थालाई तत्काल कठोर कारबाहीको प्रक्रिया अघि बढाउन जोडदार माग गरिएको छ । वैदेशिक रोजगार व्यवसायीहरूको समान अधिकारमाथि हस्तक्षेप गर्ने दुश्प्रयासलाई निस्तेज पार्न नेपाल सरकार, युवा तथा श्रम रोजगार मन्त्रालय तथा कूटनीतिक नियोगहरूलाई तत्काल उचित कदम चाल्नसमेत ध्यानाकर्षण गराइएको छ ।
 

ताजा खबर

सम्बन्धित खबर