
काठमाडौं : मलेसिया रोजगारीका लागि सीमित म्यानपावर कम्पनीहरू मात्र संलग्न रहेको विषयमा प्रकाशित/प्रसारित समाचार तथा चर्चामा एम.बी. ह्युमन रिसोर्सेस प्रा.लि. को नामसमेत जोडिएकोप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एम.बी. ह्युमन रिसोर्सेस प्रा.लि.का सञ्चालक बिप्लब लामाले मलेसिया रोजगारीसम्बन्धी उक्त प्रक्रियामा आफ्नो म्यानपावर कम्पनीको नाम आउनु आफैंमा अचम्मको विषय भएको स्पष्ट पारेका छन् । उनले एम.बी. ह्युमन रिसोर्सेस प्रा.लि. उक्त विषयमा संलग्न नरहेको स्पष्ट पार्दै कम्पनीको नाम अनावश्यक रूपमा जोडिएकोप्रति आपत्ति जनाए छ।
सञ्चालक लामाले कम्पनीले प्रचलित कानुन, नियम तथा व्यवसायिक मर्यादाअनुसार आफ्नो व्यावसायिक गतिविधि सञ्चालन गर्दै आएको बताउँदै मलेसिया रोजगारीसम्बन्धी उक्त विषयमा कम्पनीको कुनै प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नरहेको दाेहर्याए।
यस विषयमा सत्यतथ्य नबुझी वा अपुष्ट सूचनाका आधारमा कम्पनी तथा सञ्चालकको नाम जोडेर समाचार, सूचना वा धारणा सार्वजनिक नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ। साथै, यस विषयमा कुनै भ्रम वा अन्योल भएमा आधिकारिक रूपमा कम्पनीसँग जानकारी लिनसमेत अनुरोध गरिएको छ।