
काठमाडौं : मलेसियाले विदेशी कामदार भर्ना गर्न चाहने रोजगारदाताका लागि अनलाइन आवेदन प्रणाली कार्यान्वयनमा ल्याएको छ । नयाँ प्रणाली लागू भएसँगै रोजगारदाताले विदेशी कामदार भर्नाका लागि म्यानुअल रूपमा आवेदन बुझाउन सरकारी कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ ।
अब विदेशी कामदार भर्नासम्बन्धी आवेदनको सम्पूर्ण प्रक्रिया विदेशी कामदार केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसिएमएस) मार्फत अनलाइन सञ्चालन हुने भएको छ। मलेसियाले अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएसँगै एफडब्लूसिएमएसमा नेपालका २५ वटा म्यानपावर कम्पनीका नाम दर्ता भएका छन् ।
मलेसियाको मानव संसाधन मन्त्रालयका अनुसार आवेदन प्रक्रियालाई डिजिटल बनाउनुको उद्देश्य रोजगारदाताले सरकारी कार्यालयमा पटक–पटक जानुपर्ने झन्झट हटाउनु, पर्खाइको समय घटाउनु तथा प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउनु हो ।
यद्यपि, अनलाइन प्रणाली लागू भए पनि विदेशी कामदार भर्नासम्बन्धी विद्यमान मापदण्ड तथा प्रक्रियालाई खुकुलो नबनाइएको मन्त्रालयले जनाएको छ ।
एफडब्लूसिएमएसमा दर्ता भएका २५ नेपाली म्यानपावरमा फ्रन्टलाइन रिक्रुटमेन्ट प्रालि., लाल धनुष इन्टरनेसनल सर्भिस, नेपाल प्लेसमेन्ट एजेन्सी प्रालि., द रिभर ओभरसिज प्रालि., एसिया लिंक सर्भिसेज प्रालि., मोन्टेज ओभरसिज प्रालि., नेपाल एचआर सोलुसन प्रालि., स्काइ पावर इन्टरनेसनल सर्भिसेज, ट्रस्ट नेपाल ओभरसिज प्रालि., एक्सेस पार्टनर्स प्रालि., ह्वाइट हर्स इन्टरनेसनल प्रालि., ट्रान्स एसिया इन्टिग्रेट सर्भिसेज प्रालि., बी.एम. ओभरसिज प्रालि., इन्डो अरब म्यानपावर प्रालि., संयोग ओभरसिज प्रालि., ट्यालेन्ट ओभरसिज सर्भिसेज प्रालि., वाइड स्पेस इन्टरनेसनल, खोजी रिक्रुटमेन्ट सर्भिसेज प्रालि., ए.एन.एस. एसोसिएट्स प्रालि., अल–हयात म्यानेजमेन्ट सिस्टम प्रालि., अल स्किल्स इन्टरनेसनल ह्युमन रिसोर्सेस, बिलिभेबल ओभरसिज प्रालि., डी स्क्वायर्ड ग्रुप, डीडी ह्युमन रिसोर्सेस ग्रुप प्रालि. र प्यारामाउन्ट एम्प्लोयमेन्ट कन्सल्टेन्सी प्रालि. रहेका छन् ।
त्यस्तै, एफडब्लूसिएमएसमा फिलिपिन्सका ४३५, बंगलादेशका २५, कम्बोडियाका २३, भारतका १०, म्यानमारका १० र पाकिस्तानका १० म्यानपावर कम्पनीसमेत दर्ता भएका छन् ।
लिस्ट हेर्न यसमा क्लिक गर्नुहोस् :