२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

विभागद्वारा साउनमा मात्रै ७ करोड ८१ लाखभन्दा बढी क्षतिपूर्ति असुल 

Nada
२०८३ भदौ ६ गते १२:३४
Shares
विभागद्वारा साउनमा मात्रै ७ करोड ८१ लाखभन्दा बढी क्षतिपूर्ति असुल 

काठमाडौं : वैदेशिक रोजगार विभागले साउन महिनामा मात्रै ७ करोड ८१ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति असुल गरेको जानकारी दिएको छ ।

ncell

डिजिटल उजुरी प्रणाली अनलाइन पोर्टलमार्फत प्राप्त उजुरी व्यवस्थित रूपमा कार्यान्वयनमा लगिएको भन्दै विभागले अब आकर्षक तलबको प्रलोभनमा हुने ठगी निरुत्साहित हुने बताएको छ । 

वैदेशिक रोजगारमा म्यानपावर कम्पनी र अनधिकृत एजेन्टका सम्बन्ध कसिलो भए पनि प्रमाण पु¥याउन कठिनाइ हुने, ठग्ने व्यक्तिले नगद लिएर र प्रमाण नदिनेजस्ता धेरै चुनौती रहेकोे पनि विभागले बताएको छ । 

विभागमा वैदेशिक रोजगार व्यवसायीले उजुरी फरकफारकमा तीव्रता दिएका कारण उनीहरूविरुद्धका उजुरी घट्दै गएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका वैदेशिक रोजगार विभाग समन्वय समितिका संयोजक लक्ष्मण पौडेल बताउँछन् । 

युरोपेली मुलुक, अस्ट्रेलिया, क्यानडा, अमेरिका, न्युजिल्यान्ड र कोरियामा पठाइदिने भन्दै  ठगीको प्रवृत्ति बढेको बताइएको छ ।
 

ताजा खबर

सम्बन्धित खबर