२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

मलेसिया जाने नेपाली सुरक्षागार्डको उमेरहद पुनरावलोकन गर्न माग 

Nada
२०८३ भदौ ६ गते १२:३२
Shares
मलेसिया जाने नेपाली सुरक्षागार्डको उमेरहद पुनरावलोकन गर्न माग 

काठमाडौं :नेपाल वैदेशिक रोजगार व्यवसायी संघले युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा. दीपक काफ्लेलाई भेट गरी प्रमुख पाँच विषयमा ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष डिकबहादुर खत्रीको नेतृत्वमा संघ पदाधिकारीसहितको प्रतिनिधिमण्डल शुक्रबार मन्त्रालय पुगेर सो भेट गरेको हो ।

ncell

भेटमा संघले मलेसिया जाने नेपाली सुरक्षागार्डको उमेरहद पुनरावलोकन गरी २२ देखि ५० वर्ष कायम गर्न कूटनीतिक पहल गर्नुपर्नेलगायत माग राखेको छ । यस विषयमा सम्बन्धित मलेसियाली निकायलाई समेत पत्राचार गरिएको भन्दै संघले नेपाल सरकारले  पनि तदारुकतासाथ उमेरसम्बन्धी समस्या समाधानको पहल गर्नुपर्नेमा जोड दिएको छ । मलेसियामा  निर्माण, कृषि, वृक्षारोपणलगायत कामदारको उमेर १८ देखि ४५ वर्ष र घरेलु सहयोगीका लागि आवेदन दिँदा २१ देखि ४५ वर्ष उमेरको हुनुपर्छ । तर, नेपालबाट ठुलो संख्यामा जाने सुरक्षाकर्मी ४८ वर्षको उमेरमा अवकाश भएपछि जाने गरेका कारण नेपालका लागि विशेष व्यवस्था गरिनुपर्ने संघको माग छ ।

त्यस्तै, पूर्वी मलेसियाको मागपत्र प्रमाणीकरणमा सहजीकरण गर्ने, युएई जाने श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणको व्यवस्था हटाउन कूटनीतिक पहल गर्ने, नेपाली राजदूतावासबाट  २ सयजनासम्मको मागपत्रको प्रमाणीकरण गर्ने, स्वैच्छिक व्यवस्था पुनरावलोकन गरी रोजगारदाताबाट प्राप्त जतिसुकै संख्याको मागपत्र प्रमाणीकरणमा सहजीकरण गर्नुपर्ने माग संघले राखेको छ । संघले वैदेशिक रोजगार व्यवसायीलाई प्रशासनिक नियमन गर्न एकद्वार प्रणाली लागू गर्न पनि अनुरोध गरेको महासचिव हिराबहादुर डाँगी (हरि)ले बताए ।


 

ताजा खबर

सम्बन्धित खबर