२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

नेपाल आदिवासी जनजाति महासंघ, मलेसियाले मनायो विश्व आदिवासी दिवस तथा १३औं वार्षिकोत्सव

Nada
तिलोचन गौतम
२०८३ साउन २९ गते १२:१९
Shares
नेपाल आदिवासी जनजाति महासंघ, मलेसियाले मनायो विश्व आदिवासी दिवस तथा १३औं वार्षिकोत्सव

क्वालालम्पुर, मलेसिया : नेपाल आदिवासी जनजाति महासंघ, मलेसियाद्वारा आयोजित ३२औं विश्व आदिवासी दिवस तथा १३औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम क्वालालम्पुरस्थित हिमालयन होटलमा आयोजना गरिएको थियो ।

ncell

महासंघ मलेसियाका अध्यक्ष पदमराज लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली दूतावास मलेसियाका तर्फबाट निमित्त प्रमुख मुद्विता बज्राचार्य, किरात याक्थुङ चुम्लुङकी संघीय उपाध्यक्ष निरन्ती तुम्बापो, गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष इन्द्र नारायण लिम्बु लगायत विभिन्न नेपाली आदिवासी जनजाति तथा अन्य संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रम महासंघका महासचिव सञ्जीव तामाङले सञ्चालन गरेका थिए । कार्यक्रममा विभिन्न जाति तथा समुदायले आफ्नो मौलिक संस्कृति झल्काउने भेषभूषा, झाँकी, नृत्य तथा परम्परागत खानाका परिकार प्रदर्शन गरेका थिए । सहभागीहरूको उत्साह बढाउन विभिन्न पुरस्कारसहित ‘लक्की ड्र’ कार्यक्रम पनि आयोजना गरिएको थियो ।

कार्यक्रमको उद्देश्य आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, परम्परा, मौलिक पहिचान तथा अधिकारको संरक्षण र प्रवर्धन गर्नु रहेको आयोजकले जनाएको छ । महासंघ मलेसियाका संस्थापक अध्यक्ष सुन्दर आले मगरले यस्तो कार्यक्रमले मलेसियामा रहेका नेपाली आदिवासी जनजाति समुदायलाई एउटै साझा मञ्चमा जोड्ने महत्वपूर्ण भूमिका खेलेको बताए ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै निमित्त प्रमुख मुद्विता बज्राचार्य, महासंघका संरक्षक बिपिन राई, एनआरएनए मलेसियाका अध्यक्ष इन्द्र नारायण लिम्बू, उपाध्यक्ष दिल केरुङ लिम्बू लगायतका वक्ताहरूले यस्ता कार्यक्रमले समुदायबीचको आपसी भाइचारा, सद्भाव, सहकार्य र एकतालाई थप मजबुत बनाउने धारणा व्यक्त गरे ।

वक्ताहरूले मौलिक भाषा, संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । अन्त्यमा लक्की ड्रका विजेताहरू घोषणा गर्दै अध्यक्ष पदमराज लिम्बूले कार्यक्रम समापन गरेका थिए ।

सम्बन्धित खबर