२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

दराज नेपालको '८.८ ग्रेट एट सेल' अभियान घोषणा, ७० प्रतिशतसम्म छुट

Nada
२०८३ साउन २१ गते १७:५०
Shares
दराज नेपालको '८.८ ग्रेट एट सेल' अभियान घोषणा, ७० प्रतिशतसम्म छुट

काठमाडौं : दराज नेपालले आफ्नो यो सिजनकै सबैभन्दा ठुलो र फाइदाजनक अनलाइन किनमेल अभियान '८.८ ग्रेट एट सेल' घोषणा गरेको छ । यो अभियान साउन २२ गते राति ८ बजेदेखि साउन २७ गते (अर्थात् अगस्ट ७ देखि १२, २०२६ सम्म) सञ्चालन हुनेछ ।

ncell

यस अभियान अन्तर्गत ग्राहकहरूले ७० प्रतिशतसम्मको छुट, नि:शुल्क डेलिभरी र ५० लाख रुपैयाँ बराबरका भौचरहरू प्राप्त गर्ने सुवर्ण अवसर पाउनेछन् । दराजका अनुसार अभियानमा लोकप्रिय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूका उत्पादनहरूमा विशेष छुट प्रदान गरिनेछ । जस अन्तर्गत 'होनासा' र 'बेयर एनाटमी'का उत्पादनहरूमा १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । 'ब्रान्डहाउस'का तर्फबाट ग्राहकहरूले ६० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 'न्यूलाइट', 'युग्रिन', 'जीएनसी' र 'बियर्डो'का उत्पादनहरूमा ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

ग्राहकहरूको खरिद अनुभवलाई अझ रोमान्चक बनाउन दराजले यस अभियान अवधिभर 'ब्रान्ड रस आवर' सञ्चालन गर्ने भएको छ । अभियानको पहिलो दिन अर्थात् अगस्ट ७ को राति ८ बजेदेखि अगस्ट ८ को बिहान २ बजेसम्म पहिलो विशेष रस आवर सेसन चल्नेछ ।

यसैगरी, अगस्ट ९ देखि १२ सम्म हरेक दिन बेलुका ८ बजेदेखि १० बजेसम्म ब्रान्ड रस आवर सञ्चालन गरिनेछ, जहाँ ७५ भन्दा बढी प्रतिष्ठित ब्रान्डका उत्पादनहरूमा ७० प्रतिशतसम्मको विशेष छुट पाइनेछ । यसका साथै दैनिक रूपमा सञ्चालन हुने 'फ्ल्यास सेल' मार्फत पनि ग्राहकहरूले सीमित अवधिका लागि आकर्षक अफरहरूमा सामान खरिद गर्न सक्नेछन् ।

डिजिटल भुक्तानीलाई थप बढावा दिन दराजले यसपटक ईसेवासँग सहकार्य गरेको छ । अगस्ट ७ को राति ८ बजेदेखि मध्यरातसम्म ईसेवा मार्फत भुक्तानी गर्दा ग्राहकले १० प्रतिशत (अधिकतम २०० रुपैयाँ) सम्म छुट पाउनेछन् । त्यस्तै, अगस्ट ८ देखि ११ सम्म हरेक दिन बेलुका ८ बजेदेखि १० बजेसम्म ईसेवा प्रयोग गरी सामान खरिद गर्दा ९ प्रतिशत (अधिकतम १५० रुपैयाँ) सम्म थप अतिरिक्त छुट प्राप्त हुने दराजले जनाएको छ ।

अभियानको अर्को मुख्य आकर्षण 'डेली मिस्ट्री डिल र गिभअवे' रहेको छ, जसमा हरेक दिन एक भाग्यशाली विजेताले करिब १५ हजार रुपैयाँ बराबरको पुरस्कार जित्न सक्नेछन् ।

अगस्ट ८ देखि ग्राहकहरूले दराज नेपालको आधिकारिक इन्स्टाग्राम पेजमा सार्वजनिक गरिने आठवटा गोप्य (मिस्ट्री) उत्पादनहरू, तिनको वास्तविक मूल्य र विशेष अफर मूल्य हेर्न सक्नेछन् । सहभागी हुनका लागि ग्राहकले हरेक दिन साँझ ७ बजेसम्म आफूले अनुमान गरेका कुनै तीनवटा उत्पादनको सही उत्तर कमेन्ट बक्समा लेखी आफ्ना तीन जना साथीहरूलाई ट्याग गर्नुपर्नेछ । सही अनुमान गर्नेहरूमध्येबाट दैनिक लक्की ड्र मार्फत एक जना भाग्यशाली विजेता छनोट गरिने दराजले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर