२०८२ साउन २० गते मङ्गलवार / Aug 05 , 2025 , Tuesday
२०८२ साउन २० गते मङ्गलवार
Ads

थोरै ऋण दिएर धेरै रकमको तमसुक, सात जना पक्राउ

shivam cement
सपना बोहरा
२०८१ साउन २४ गते २०:५०
थोरै ऋण दिएर धेरै रकमको तमसुक, सात जना पक्राउ

दाङ : दाङमा थोर ऋण दिएर धेरै रकमको तमसुक बनाएको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । अनुचित लेनदेन गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङले विज्ञप्ति जारी गरेर दुई पुरुष र पाँच महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमिल्सिनाले जानकारी दिए । 

पक्राउ पर्नेमा दाङ तुलसीपुरको बिजौरी घर भइ हाल घोराही उपमहानगरपालिका– १५ बिपीचोक बस्ने ५७ वर्षीया माधवा बस्नेत, उनका श्रीमान ५८ वर्षीय धर्मबहादुर बस्नेत, घोराही– १५ की यामाकुमारी बस्नेत,  घोराही– ८ का ५१ वर्षीय तिलकबहादुर महरा क्षेत्री, प्रगतिनगर टोलकी ५३ वर्षीया पार्वता केसी, घोराही– १५ बस्ने ३४ वर्षीया ममताकुमारी केसी (डिसी) र घोराही– १५ की ३७ वर्षीया ऋषा बोहरा रहेकी छन् । 

पक्राउ परेका मध्येकी माधवा बस्नेतले दाङका मानिसहरुलाई ऋण लगानी गर्ने र चर्को ब्याज असुल्ने गरेको खुलेको छ । उनले ऋण दिनुअघि दस्तखत गराई खाली चेक लिने गरेकी थिइन्। ऋण लिने मानिसहरुबाट खाली चेकमा दस्तखत गराइ चेक लिने गरेको र चेक नभएका मानिसहरुसँग ऋण लिएको भन्दा बढी रकम राखी तमसुक बनाइ ऋण दिँदै आएको प्रहरीले जनाएको छ । 

ऋणीहरुसँग सावा ब्याज बापत रकम असुल गरी सकेपछि पनि  ऋणीहरुको  तमसुक तथा दिएको चेक माग गर्दा निजले हराएको तथा मैले च्याती फाली दिउँला भनी बहाना गर्दै आएकी थिइन् । उनले केही चेकहरुमा आफ्नै नाम राखेर बाउन्स गराएको तथा आफ्नो नाममा बनाएको तमसुकमार्फत आफुले दाङ जिल्ला अदालतमा चेक अनादर तथा लेनदेन कसुरमा मुद्दा दिएकी थिइन् । तर म्याद गएपछि मात्र जाहेरवालाहरुले थाहा पाएका थिए । 

बस्नेतले केही तमसुक आफ्नो नजिकका नातेदारहरुलाई लोभ लालच देखाइ उनीहरुको  नाममा गराएको र ऋणीहरुबाट लिएको दस्तखत मात्र गरेको खाली चेकमा नाम उल्लेख गरी आफुखुसी रकम भरी चेक दिएको र चेकलाई सम्बन्धित बैंकबाट बाउन्स गराइ दाङ जिल्ला अदालतमा हाल जाहेरीवालाहरुको नाममा चेक अनादर तथा लेनदेन कसुर मुद्दामा मुद्दा दर्ता  गराएकी थिइन् । अदालतबाट जाहेरीवालाहरुको नाममा म्याद गएपछि मात्र थाहा पाएपछि अन्यायीहरुकोविरुद्ध साउन २० गते  जिल्ला प्रहरी कार्यालय दाङमा अनुचित लेनदेन कसुर मुद्दामा किटानी जाहेरी दरखास्त दिएपछि जाहेरी दरखास्तमा उल्लेखित व्यक्तिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise