२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न १० जना पक्राउ

Nada
२०८३ वैशाख १६ गते १२:५५
Shares
अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न १० जना पक्राउ

सुनसरीः अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १० जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

ncell

पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका–१३ बस्ने ४६ वर्षीय हेमन राई, २७ वर्षीय योगेश लिम्बु, २९ वर्षीय मिलन लिम्बु, ३१ वर्षीय शुसान्त घिमिरे, ४२ वर्षीय कुमार तामाङ, ४० वर्षीय विवेक थापा, सोही उपमहानगरपालिका–१ बस्ने ३३ वर्षीय सुजित साह, सोही उपमहानगरपालिका–१६ बस्ने ४१ वर्षीय अशोक लिम्बु, सोही उपमहानगरपालिका–१५ बस्ने ३५ वर्षीय भवानी दाहाल र सोही उपमहानगरपालिका–१७ बस्ने ३१ वर्षीय प्रज्जवल राई रहेका छन् । 

धरान उपमहानगरपालिका–१३ लक्ष्मी सडकस्थित मण्डला क्याफेमा अनलाइन जुवा खेल्दै/खेलाउँदै गरेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई अनलाइन जुवा खेल्दैरखेलाउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

प्रहरीले उनीहरूको साथबाट १५ थान मोबाइल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर