२०८३ कार्तिक १० गते मङ्गलवार / Oct 27 , 2026 , Tuesday
२०८३ कार्तिक १० गते मङ्गलवार

मध्यसागरमा डुङ्गा डुब्दा ५० जना बेपत्ता

Nada
२०८२ माघ १२ गते १५:३०
Shares
मध्यसागरमा डुङ्गा डुब्दा ५० जना बेपत्ता

काठमाडौंः भूमध्यसागरमा ५१ जना आप्रवासी बोकेको डुङ्गा डुब्दा डुङ्गामा सवार यात्रुहरु मध्ये एकजना जीवित रहेको पुष्टि भएको छ भने ५० जना अझै बेपत्ता रहेको स्थानीय मिडियाले जनाएको छ ।

जीवितै उद्धार गरएिका व्यक्तीलाई व्यापारी जहाजले उपचारका लागि माल्टाको अस्पतालमा लगेको जनाइएको छ । उनका अनुसार उक्त डुङ्गा लिबियाबाट भूमध्यसागरमा आएको थियो भने दुर्घटनाग्रस्त डुङ्गालाई समातेर पानीमा तैरिरहेको अवस्थामा उनलाई उद्धार गरिएको थियो । 

दुर्घटना पछि, तुरुन्तै खोजी तथा उद्धार कार्य सुरु गरिएको भएता पनि अझै ५० जना बेपत्ता रहेको जनाइएको छ । आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) को तथ्याङ्कले यस वर्षको सुरुदेखि भूमध्यसागरमा १४ जना बेपत्ता भइ मृत पुष्टि भएको देखाएको छ भने सन् २०२४ मा यो मार्गमा मृत्यु र बेपत्ता हुनेहरूको सङ्ख्या एक हजार ८७३ पुगेको थियो ।  

ताजा खबर

सम्बन्धित खबर