२०८३ कार्तिक १० गते मङ्गलवार / Oct 27 , 2026 , Tuesday
२०८३ कार्तिक १० गते मङ्गलवार

ट्रम्पद्वारा ग्रिनल्याण्डमा अमेरिकी झण्डा गाडेको तस्बिर सार्वजनिक

Nada
२०८२ माघ ७ गते १२:१०
Shares
ट्रम्पद्वारा ग्रिनल्याण्डमा अमेरिकी झण्डा गाडेको तस्बिर सार्वजनिक

काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा आफूले ग्रिनल्याण्डको भूमिमा अमेरिकी झण्डा गाड्दै गरेको तस्बिर पोस्ट गरेका छन् ।

उक्त तस्बिरमा ट्रम्पसँगै अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियो पनि देखिएका छन् । नजिकै रहेको एउटा संकेतपाटीमा ग्रिनल्याण्ड–अमेरिकी भूभाग, स्थापना २०२६ लेखिएको छ । सोही दिन, ट्रम्पले अर्को तस्बिर पनि सार्वजनिक गरेः जसमा उनी ओभल कार्यालयमा युरोपेली नेताहरूसँग भेट गरिरहेको देखिन्छन् ।

उनको पछाडि राखिएको नक्सामा संयुक्त राज्य अमेरिका, क्यानडा, ग्रिनल्याण्ड र भेनेजुएलालाई अमेरिकी झण्डा मुनि देखाइएको छ । ट्रम्पले मंगलवार ट्रुथ सोसियलमा आफूले ग्रिनल्याण्डको विषयमा नाटोका महासचिव मार्क रुटसँग टेलिफोन वार्ता गरेको बताएका छन् ।  

ताजा खबर

सम्बन्धित खबर