२०८३ कार्तिक १० गते मङ्गलवार / Oct 27 , 2026 , Tuesday
२०८३ कार्तिक १० गते मङ्गलवार

गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा

Nada
२०८२ माघ २ गते १४:३८
Shares
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा

काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा शान्ति परिषद् गठन गर्ने घोषणा गरेकआ छन्, जुन प्यालेस्टिनी क्षेत्रमा युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिकी योजनामा उल्लेखित निकाय हो ।

सामाजिक सञ्जाल ट्रुथमा ट्रम्पले परिषद्को गठन भएको घोषणा गर्नु ठूलो सम्मानको कुरा भएको उल्लेख गर्दै यसका सदस्यहरूको सूची चाँडै सार्वजनिक हुने बताएका छन् । उनले परिषद्लाई सबैभन्दा ठूलो र सबैभन्दा प्रतिष्ठित परिषदको रूपमा वर्णनसमेत गरेका छन् ।  

शान्ति परिषद्को प्रमुखको हैसियतमा उनले नयाँ नियुक्त प्यालेस्टिनी प्राविधिक समिति र संक्रमणकालीन अवधिमा गाजाको प्रशासन हेर्ने राष्ट्रिय समितिलाई समर्थन गरेको बताउँदै प्यालेस्टिनी नेताहरू शान्तिपूर्ण भविष्यका लागि दृढ प्रतिबद्ध रहेको जनाए । 

युद्धपछिको अवधिमा गाजाको व्यवस्थापन गर्न १५ सदस्यीय प्यालेस्टिनी प्राविधिक समिति गठन भएको केही समय पछि यो घोषणा आएको हो । अमेरिका समर्थित गाजा शान्ति योजना गत अक्टोबर– १० देखि लागू भएको थियो भने यस क्षेत्रमा अन्तर्राष्ट्रिय बलको तैनाथी का साथै प्यालेस्टिनी प्रहरी एकाइहरूको प्रशिक्षणको प्रावधान समावेश छ । अमेरिकी मध्यपूर्वका दूत स्टिभ विटकोफका अनुसार बुधबार देखि लागू भएको योजनाको दोस्रो चरण गाजा पट्टीको पुनर्निर्माणमा केन्द्रित छ । 

ताजा खबर

सम्बन्धित खबर