२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

स्रोत नखुलेको रकमसहित २ जना पक्राउ

Nada
२०८२ पुष २८ गते १३:०२
Shares
स्रोत नखुलेको रकमसहित २ जना पक्राउ

सर्लाहीः सर्लाही मलंगवा नगरपालिका–९ निमगासीस्थित सडकबाट स्रोत नखुलेको नगद ५ लाख ५० हजार रूपैयाँसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ncell

पक्राउ पर्नेहरूमा कौडेना गाउँपालिका–७ सक्रौल बस्ने २३ वर्षीय अर्जुन बरही र ४६ वर्षीय संजय साह रहेका छन् । 

प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एसी २६०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

uae

सम्बन्धित खबर