२०८३ कार्तिक १० गते मङ्गलवार / Oct 27 , 2026 , Tuesday
२०८३ कार्तिक १० गते मङ्गलवार

युक्रेनको सम्बन्धमा छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक आयोजना

Nada
२०८२ पुष २६ गते १४:०१
Shares
युक्रेनको सम्बन्धमा छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक आयोजना

संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले युक्रेनबारे छलफल गर्न सोमबार आपतकालिन बैठक आयोजना गरेको जनाएको छ । किएभका मेयरले रूसी आक्रमणका कारण भएको उर्जा अवरोधका कारण बासिन्दाहरूलाई राजधानी छोड्न आग्रह गरे पछि बैठकको तालिका संशोधन गरेको बताएका छन् ।   

‘रूसी महासंघले नागरिकहरूविरुद्ध आतंकवादद्वारा युद्ध अपराध र मानवताविरुद्धको अपराधको भयावह स्तरमा पुगेको  युक्रेनी राजदूत एन्ड्री मेलनिकले शुक्रबार सुरक्षा परिषद् पठाएको पत्रमा उल्लेख गरिएको एएफपीले जनाएको छ । पछिल्लो रूसी आक्रमणले किएभका आधा–आधी आवासीय भवनहरूलाई उर्जाविहिन बनाएको मेयर भिटाली क्लिट्स्कोले बताएका हुन् । 

क्रेमलिनले सन् २०२२ फेब्रुअरी मा युद्ध सुरु भए देखि दोस्रो पटक युक्रेनमा ओरेसनिक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको पनि पुष्टि गरेको छ । रूसी संघले आधिकारिक रूपमा लिभिभ क्षेत्रमा मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइल ओरेसनिक प्रयोग गरेपछि राजदूतले पत्र जारी दाबी गरेको छ । 

यस्तो आक्रमणले सुरक्षाका लागि गम्भीर र अभूतपूर्व खतराको प्रतिनिधित्व गर्दछ । मस्कोले आणविक र परम्परागत दुवै हतियारले युक्त ओरेसनिकलाई रोक्न असम्भव भएको दाबी गरेको छ ।

सयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् आपतकालीन बैठकका लागि युक्रेनको अनुरोधलाई फ्रान्स, लाटविया, डेनमार्क, ग्रिस, लाइबेरिया र बेलायत लगाएत छ सदस्य राष्ट्रले समर्थन गरेको कूटनीतिक स्रोतलाई उदृत गर्दै एएफपीले बताएको छ । –रासस/एएफपी

ताजा खबर

सम्बन्धित खबर