२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

मधेश प्रदेशमा कृषि क्रान्ति ल्याउँछु : मन्त्री क्षेत्री

Nada
लालबाबु बानिया
२०८१ साउन १३ गते २१:२९
Shares
मधेश प्रदेशमा कृषि क्रान्ति ल्याउँछु : मन्त्री क्षेत्री

पर्सा : मधेश प्रदेश सरकारका नवनियुक्त भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्धन सिंह क्षेत्रीले कृषकका समस्या समाधानमा केन्द्रित हुने बताएका छन् । 

ncell

मन्त्री भएपछि पहिलो पटक आफ्नै क्षेत्र पर्सा क्षेत्र नं.३ (ख)को पोखरिया नगरपालिका वडा नं.४ र ५ मा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सहभागी मन्त्री क्षेत्रीले भने, ‘म पनि किसान हँु । किसानहरुको समस्या बुझेको छु । आज म स्वागत सम्मान मात्र होइन्, किसानहरुसँग घुमेर किसानहरुले भोग्दै आइरहेका समस्यालाई बुझेर सलाह सुझाव लिन आएको हुँ ।’

उनले किसानहरुले सिँचाइ, बिउविजन, मलखाद र प्राविधिक सहयोग समयमा नपाउँदा समस्यामा पर्ने गरेको र त्यसलाई समाधान गर्ने प्रतिबद्धता जनाए । 

आफू कृषिमन्त्री भएपछि कृषि क्रान्ति ल्याउन खोजेको उनको भनाइ छ । अबको किसानहरुलाई नयाँ–नयाँ प्राविधिक योजनाहरु ल्याएर आत्मनिर्भर बनाउने पनि उनले बताए । 

मन्त्री क्षेत्रीले आउने दिनमा मधेश प्रदेशको सम्पूर्ण क्षेत्रहरुमा एक–एक वटा कृषि प्राविधिक टोलीसहित कार्यालयहरु स्थापना गर्ने बताए । साथै विकास निर्माणको लागि पोखरिया नगरपालिकामा सभागृह र खेलमैदान बनाउन पहल गर्ने पनि घोषणा गरे । 

छुट्टाछुट्टै स्वागत तथा सम्मान कार्यक्रम वडा नं ४ का  वडाअध्यक्ष लक्ष्मण साह र वडा नं ५ बुथ सभापति हारुन मियाँको अध्यक्षतामा सम्पन्न भएको थियो । 

कार्यक्रममा पोखरियाका  पूर्व मेयर दिपनारायण रौनियार, क्षेत्र नं ३ का क्षेत्रिय सभापति श्रीकिसुन चौहान, पूर्व वडाअध्यक्ष रामबाबु चौहान, उमाकान्त साह, सुरेन्द्र यादव, नेपाली कांग्रेसका युवा नेता विवेक चौरसिया, सकिम मियाँ, रामबचन महतो, क्षेत्रिय सचिव सुरेन्द्र सिंह, गनि अन्सारी, राजु रौनियार,रबि रौनियार लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियोे । कृषि मन्त्री क्षेत्रीलाई शिववर्वा, रानिगंज,जगतपुर लगायत ठाउँहरुमा समेत स्वागत तथा सम्मान गरिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर