२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी

Nada
२०८३ असोज २८ गते १८:१०
Shares
जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी

जुम्ला : शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु भएको हुलाकमार्फत घरमै राहदानी पुर्‍याउने सेवा जुम्लामा प्रभावकारी बन्दै गएको छ । 

ncell

बितेका पाँच महिनामा यहाँका २२० जनाले घरमै राहदानी पाएका छन् । जिल्ला प्रशासन कार्यालय, राहदानी शाखाका प्रमुख नरबहादुर बुढाले जिल्ला हुलाक कार्यालयसँग सम्पन्न सम्झौताअनुसार चालु आवको भदौसम्म १९८ जनाको राहदानी घरदैलोमै पुगेर वितरण गरिएको बताए । 

गत वर्ष ९७२ जनाले घर घरबाटै राहदानी पाएका थिए । चालु आवको दुई महिनामा १९८ जनाले राहदानी पाएका छन् । यसैगरी, जिल्लामा आठ हजार ६० जनाले राष्ट्रिय परिचयपत्र बनाएको प्रशासन जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर