२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

गजल

Nada
शैलेन्द्र थापा
२०८२ पुष ५ गते ०६:००
Shares
गजल

न त आँखा देख्न सके न त सुन्छन् कान उनले
पछि लागे अझै खाडल खने जाके जान उनले ।।

ncell

हिलो कादो खोजेर त्यो डुबाऊँ पात्र हुँदा प्रमुख
देलान् हातै ठान्नु गल्ती माथि तिर तान उनले ।।

आफ्नो झोली भरौँ लक्ष स्वजनको बुद्धि भुट्न
प्रयोग गरे चकालीसाथ जति थियो ज्ञान उनले ।।

स्वार्थन्धता कारक तत्त्व कर्तव्यको झोला फाली
नर्क जाने पृथक् मार्ग पछ्याई सके मान उनले ।।

रोक्न कम्मर कस्नै पर्छ विकृतिका बाहक खोजी
नबढाउँदा हस्तक्षेप त्यो देखाउँछन् सान उनले ।।

uae

सम्बन्धित खबर