२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

सुकिदहमा पुरुषको शव फेला

Nada
प्रचण्ड खत्री
२०८२ मंसिर २५ गते २०:४४
Shares
सुकिदहमा पुरुषको शव फेला

रुकुम पश्चिम : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ स्थित सुकिदह जंगलमा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार शव पहिचान नहुने गरी क्षतिग्रस्त अवस्थामा भेटिएको हो ।

ncell

उक्त शव सल्यानको बागचौर नगरपालिका–४ का ३५ वर्षीय टेकबहादुर ओलीको रहेको आफन्तजनले पुष्टि गरेका छन् । उनी कात्तिक १४ गतेदेखि बेपत्ता रहेका थिए । आफन्तले पहिरनका आधारमा शव पहिचान गरेको प्रहरीको भनाइ छ ।

प्रहरी निरीक्षक पुनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी शवलाई जिल्ला अस्पताल सल्लेमा राखिएको छ । मृत्युको कारणबारे अहिले स्पष्ट हुन नसकेको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

uae

सम्बन्धित खबर