
रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ बास्तोलामा भएको मोटरसाइकल दुर्घटनामा हिमालय नमुना आधारभूत विद्यालय, गोरेकाडाका प्रधानाध्यापक झलक खत्रीको मृत्यु भएको छ ।
बिहीबार बेलुका क.प्र. ०३००१ प ०६१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ४६ वर्षीय खत्रीको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका अर्का व्यक्ति घाइते भएका छन् भने उनको उपचार भइरहेको छ ।
समाजसेवी, अनुशासित तथा दक्ष शिक्षकका रूपमा चिनिएका स्व. खत्रीको असामयिक निधनबाट शिक्षा क्षेत्र एवं स्थानीय समुदायमा ठुलो क्षति पुगेको बाँफिकोट गाउँपालिकाले जनाएको छ ।
उक्त घटनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शुक्रबार गाउँपालिकाभित्रका सबै विद्यालय र सरकारी कार्यालयमा शोक बिदा दिइएको छ ।