२०८२ मंसिर १२ गते शुक्रवार / Nov 28 , 2025 , Friday
२०८२ मंसिर १२ गते शुक्रवार
Ads

पूर्वी नाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात

shivam cement
२०८२ मंसिर १२ गते १०:४२
Shares
पूर्वी नाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात

झापा : पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएकाे छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भयो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम छ ।

गत आवको उक्त अवधिमा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको थियाे । यो चालु आर्थिक वर्षमा रु ८३ करोड १७ लाख ६२ हजारले कम निर्यात भएकाे हाे ।

ADV

ताजा खबर

सम्बन्धित खबर