
काठमाडौं : उज्यालो नेपाल पार्टीले मंसिर १७ गते प्रज्ञा भवनमा घोषणा सभा गर्ने भएको छ ।
ऊर्जामन्त्री कुलमान घिसिङ प्रमुख अतिथि रहने कार्यक्रममा पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र घोषणापत्र २०८२ सार्वजनिक गरिने पार्टी नेता महेन्द्र लावतीले जनाए ।
उज्यालो नेपाल र हाम्रो पार्टी नेपालले आगामी प्रतिनिधिसभा चुनावमा एउटै चुनाव चिह्न प्रयोग गर्ने सम्झौता भइसकेको छ, अन्य शक्तिसँगको एकता वा सहकार्यको सम्भावना पनि खुला रहेको उनले बताए ।