२०८२ मंसिर १२ गते शुक्रवार / Nov 28 , 2025 , Friday
२०८२ मंसिर १२ गते शुक्रवार
Ads

कांग्रेस संस्थापनभित्रै महाधिवेशनबारे मतभेद, केन्द्रीय सदस्यको छुट्टाछुट्टै भेला

shivam cement
२०८२ मंसिर १२ गते १६:०९
Shares
कांग्रेस संस्थापनभित्रै महाधिवेशनबारे मतभेद, केन्द्रीय सदस्यको छुट्टाछुट्टै भेला

काठमाडौं : नेपाली कांग्रेसभित्र महाधिवेशनको मितिबारे उत्पन्न मतभेद झन् चुलिएको छ । पार्टी संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले शुक्रबार काठमाडौंका दुई छुट्टाछुट्टै स्थानमा भेला गरी फरक–फरक निष्कर्ष निकालेका छन् । 

बानेश्वरमा पूर्वउपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलासहित करिब ९० जना केन्द्रीय सदस्यहरूको बैठकले तत्काल चुनाव तयारीमा जुट्नुपर्ने र महाधिवेशन वैशाखमा गर्न उपयुक्त हुने निष्कर्ष निकालेका छन् भने सभापति शेरबहादुर देउवाले छलफलका लागि बोलाएपछि केही नेता भेलामैबाट निवासतर्फ गएका थिए ।

यता ललितपुरको कुपन्डोलमा बसेको देउवा पक्षकै २८ सदस्यीय अर्को समूह भने प्रतिनिधिसभा निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएको छ । आङगेलु शेर्पासहित नेताहरूले अनिर्णयको अवस्थाबाट पार्टीलाई निकाल्दै छिटो मिति टुंग्याउन नेतृत्वलाई दबाब दिने बताएका छन् । 

यसैबीच देउवाले पनि निवासमै कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा–विश्वप्रकाश शर्मा तथा अन्य वरिष्ठ नेतासँग महाधिवेशन विवादबारे छलफल गरेका छन् । पुसभित्रै महाधिवेशन गर्ने विषयमा आन्तरिक सहमति जुट्दै गएको बताइएको छ । आइतबार बोलाइएको केन्द्रीय समिति बैठकअघि नै निर्णयमा पुग्न प्रयास भइरहेको छ ।

यता करीब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पुस २८ गतेभित्र विशेष महाधिवेशन गर्न माग गरिरहेका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर