२०८३ कार्तिक ३ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक ३ गते सोमवार

बाँफिकोटमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, एक घाइते

Nada
प्रचण्ड खत्री
२०८२ मंसिर ११ गते २१:१२
Shares
बाँफिकोटमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, एक घाइते

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ७ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

ncell

बिहीबार साँझ बाँफिकोट गाउँपालिका-७ नदुवाबाट आठविसकोटको राडीतर्फ जाँदै गरेको क.प्र.०३००१ प ०६१३ को मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा परी बाँफिकोट गाउँपालिका-७ का ४६ वर्षीय झलक खत्रीको मृत्यु भएको जिल्ला प्रहारी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।

घाइते हुनेमा सोही वडाका हरिभान खत्री रहेका छन् । घाइते खत्रीको अवस्था गम्भीर रहेको छ । उनको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

uae

सम्बन्धित खबर