
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । यहीँ मंसिर २३ गते काठमाडौं उपत्यकाव्यापी प्रदर्शन गर्ने भएको हो ।
राप्रपाले काठमाडौं उपत्यकामा विशाल प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेण्ठले जानकारी दिए । राजा, राजनीतिक दल र नागरिकबीच नयाँ समझदारीका लागि दबाव सिर्जना गर्ने उद्देश्यले प्रदर्शनको आयोजना गरेको हो ।
यसअघि राप्रपाले गत चैत २५, २६ र बैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा गरेको थियो । सो सभामा पनि राजतन्त्रको पुनःस्थापना र हिन्दू राष्ट्रको माग अगाडि सारिएको थियो ।