
काठमाडौं : नेपाली कांग्रेस कार्यवहाक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच छलफल सुरु भएको छ ।
छलफल दिउँसो ३ बजेका लागि समयसीमा तोकिएको थियो । तर यसअघि महाराजगञ्जस्थित देउवा निवासमा संस्थापन सभापति शेरबहादुर देउवासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, कृष्ण सिटौला, गोपालमान श्रेष्ठ, शशांक कोइराला, प्रकाशशरण महतले महाधिवेशनबारे छलफल गरेका थिए ।
सोही छलफलका कारण खड्का, थापा र शर्माबीचको छलफल ढिला सुरु भएको हो ।
संस्थापनका नेताहरूले विशेष महाधिवेशन गर्न नहुने देउवालाई सुुझाव दिएका छन् । यसबारे पुनः छलफल गर्न महामन्त्री थापा र शर्माबीच छलफल सुरु भएको छ । थापा र शर्माले विशेष महाविधेशन गर्नैपर्ने अडान कायमै राखेका छन् ।
तर संस्थापन पक्षका नेताहरूले चुनावअघि महाधिवेशन गरे पार्टीलाई क्षति पुग्ने बताएका छन् ।