२०८३ कार्तिक ३ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक ३ गते सोमवार

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

Nada
सुवास लामिछाने
२०८२ मंसिर ६ गते २१:२७
Shares
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन : चितवनको माडी नगरपालिका–१ गर्दीमा शनिबार बिहान बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बा प्र ०३–००१ ख २८८७ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएपछि दुर्घटना भएको हो । 

ncell

दुर्घटनामा माडी नगरपालिका–१ सेरुवाका अन्दाजी ६२ वर्षीय फिरल महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

ठक्कर दिएको बस अनियन्त्रित भइ खेतमा खस्दा बसमा सवार दुई जना घाइते भएका छन् । घाइते दुबै जनाको बघौडा अस्पतालमा उपचार हुँदैछ भने उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

uae

सम्बन्धित खबर