२०८२ मंसिर ५ गते शुक्रवार / Nov 21 , 2025 , Friday
२०८२ मंसिर ५ गते शुक्रवार
Ads

थाइल्यान्डमा नाटक मञ्चनपछि मिस मेक्सिको विजयी

shivam cement
२०८२ मंसिर ५ गते १७:५१
Shares
थाइल्यान्डमा नाटक मञ्चनपछि मिस मेक्सिको विजयी

काठमाडौंः थाइल्यान्डमा सम्पन्न मिस युनिभर्स प्रतियोगितामा मिस मेक्सिको फातिमा बोशले शुक्रबार ताज हासिल गरेकी छन् । अन्तिम चरण अघि नै आयोजकसँगको विवाद, नाटकीय गल्तीहरू र मञ्चिय घटनाक्रमहरूले वातावरण तनावपूर्ण बनेको अवस्थामा उनी विजयी भएकी हुन् ।

आइभोरी कोस्ट, फिलिपिन्स, थाइल्यान्ड र भेनेजुएलाका सुन्दरीहरू सहित १२० भन्दा बढी प्रतिस्पर्धीमध्येबाट छनोट भएकामध्ये बोश अन्तिम चरणसम्म पुगेकी थिइन् । तर उनले ताज पहिरिनु अघि नै प्रतियोगिता अराजकता र आरोप–प्रत्यारोपले भरिएको थियो—उनको बुद्धिको अपमान, निर्णायकहरूको राजीनामा र केही सहभागी मञ्चमा वा बाहिर लडेकोजस्ता घटना निरन्तर सार्वजनिक भइरहे ।

यस महिना एक बैठकका क्रममा मिस युनिभर्स थाइल्यान्डका निर्देशक नवाट इतसाराग्रिसिलले सामाजिक सञ्जालमा प्रचार सामग्री पर्याप्त रूपमा पोस्ट नगरेको भन्दै मिस मेक्सिकोमाथि तीव्र आलोचना गरेका थिए । विवाद चर्किएपछि लाइभ स्ट्रिम भइरहेका बेला नै बोश कसैसँग केही नबोली नाटकीय रूपमा बैठकबाट बाहिरिएकी थिइन्। सुरक्षाकर्मीलाई बोलाइएको समयमा मिस इराक उनलाई घेर्न पुगेर वातावरण झनै तनावपूर्ण देखिएको थियो ।

अन्य केही प्रतिस्पर्धीले पनि बोशलाई समर्थन जनाउँदै आयोजकको व्यवहार सम्मानजनक नभएको टिप्पणी गरेका थिए । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले घटना सार्वजनिक भएपछि बोशको खुलेरै प्रशंसा गर्दै उनलाई ‘महिलाहरूले आत्मविश्वासपूर्वक बोल्नुपर्ने उदाहरण’ भनेर प्रशंसा गरेकी थिइन्। ‘सार्वजनिक कार्यक्रममा महिलाहरू बोल्दा उनीहरू झन् सुन्दर देखिन्छन् । त्यसैले मेरो समर्थन यी युवतीलाई नै हो’, राष्ट्रपति सेनबामले भनेका थिए ।

नवाटले पछि माफी मागे पनि प्रतियोगिताका दिन पत्रकारहरूले सोध्दा उनले सुरुवनतमा टिप्पणी गर्न अस्वीकार गर्दै ‘अब यसबारे प्रशंसकहरूले नै चर्चा गरून्, म परिणामको सम्मान गर्छु’ भन् । तर त्यही पत्रकार सम्मेलनमा पछि उनले बोशलाई बधाई पनि दिए ।

ADV

सम्बन्धित खबर