२०८२ मंसिर ५ गते शुक्रवार / Nov 21 , 2025 , Friday
२०८२ मंसिर ५ गते शुक्रवार
Ads

सिरहामा गाँजासहित एक जना पक्राउ

shivam cement
मनु यादव निरज
२०८२ मंसिर ५ गते २१:३१
Shares
सिरहामा गाँजासहित एक जना पक्राउ

सिरहा : सिरहा बरियारपट्टि गाउँपालिका ३ स्थित इलाका प्रहरी कार्यालयको गस्ती टोलीले लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बरियारपट्टिबाट जिरोमाईलतर्फ जाँदै गरेको नम्बर नखुलेको (प्लेट नभएको) मोटरसाइकललाई रोकी चेकजाँच गर्ने प्रयास गर्दा चालक मोटरसाइकल छाडी फरार भएका थिए । 

मोटरसाइकलमा पछाडि सवार औरही गाउँपालिका वडा नं. १ कुण्डलपुरका ३० वर्षीय हरि गोबिन्द यादवलाई भने प्रहरी पक्राउ गरेको छ । उनको साथबाट प्लाष्टिकको बोराभित्र लुकाइएको ११ पोका गाँजा फेला परेको छ, जसको तौल करिब ११ किलो ग्राम रहेको प्रहरीले जनाएको छ ।  

लागुऔषध र मोटरसाइकल नियन्त्रणमा लिइएको छ भने थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय सिरहाबाट भइरहेको छ । फरार मोटरसाइकल चालकको खोजतलास र पहिचान गर्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश बहादुर पालले जानकारी दिए ।

ADV

सम्बन्धित खबर