
काठमाडौं : बाराको सिमरा घटना नियन्त्रणमा ल्याउन स्थानीय प्रशासन र जेनजी अगुवाबीच पथलैयास्थित सशस्त्र प्रहरी प्राविधिक तालिम केन्द्रमा छलफल जारी छ । बुधबारदेखि सुरु भएको तनावबारे प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार दुवै पक्षले आफ्ना धारणा राखिरहेका छन् ।
जेनजी अगुवा सुदन गुरुङले उनीहरूलाई कुटपिट गर्ने नेकपा (एमाले) कार्यकर्ता पक्राउ नभएकै कारण आन्दोलन गर्नुपरेको प्रश्न उठाएका छन् । जेनजीको उजुरीका आधारमा दुई वडाध्यक्षसहित तीन जना एमाले नेता–कार्यकर्ता नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रशासनले बताएको छ ।
बुधबार जेनजी युवामाथि गरिएको कुटपिटपछि चर्किएको विवादले दुई दिनदेखि बारा तनावग्रस्त छ । कर्फ्यू अवज्ञा गर्दै जेनजी युवाले सिमरा चोकमा टायर बालेर प्रदर्शनसमेत गरेका थिए ।