
काठमाडौंः राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेको हो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लगातार दोस्रो जितको खोजीमा छ । उसले यसअघि काठमाडौं गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरूवात गरेको थियो ।
यस्तै कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा पनि दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा विराटनगर किङ्ससँग पराजित भएको पोखरा पहिलो जितको खोजीमा छ ।