२०८२ मंसिर ३ गते बुधवार / Nov 19 , 2025 , Wednesday
२०८२ मंसिर ३ गते बुधवार
Ads

एनपिएलमा सुदूरपश्चिमकाे विजयी सुरुवात

shivam cement
२०८२ मंसिर ३ गते १९:४६
Shares
एनपिएलमा सुदूरपश्चिमकाे विजयी सुरुवात

काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई २९ रनले हराउँदै सुदूरपश्चिमले प्रतियोगिमा सुखद् सुरुवात गरेको हो ।

सुदूरपश्चिमले दिएको १४७ रनको लक्ष्य पछ्याएको काठमाडौं १६.५ ओभरमा सबै विकेट गुमाएर ११८ रनमा अलआउट भयो । काठमाडौंका लागि ओपार आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाए । ३० बल खेलेका उनले १ चौका र २ छक्का प्रहार गरे ।

जोन सिम्पसोनले १८ बलमा २ चौका र १ छक्काको सहयोगमा २४ रन बनाए । भीम सार्कीले १० बलमा १ छक्को सहयोगमा १२ रन बनाउँदा मिलिन्द कुमारले १४ बलमा १ चौकाको सहयोगमा ११ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदूरपश्चिमका लागिस्कट कुगेलेइन, हेमन्त धामी र हर्मित सिंहले २–२ विकेट लिए भने इशान पाण्डे, नरेन साउद र अविनाश बोहराले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४७ रनको योगफल बनाएको थियो ।

सुदूपश्चिमका लागि हर्मित सिंहले सर्वाधिक ५३ रनको योगदान दिए । उनले २० बलमा २ चौका र ६ छक्काको सहयोगमा अर्धशतक बनाए । 

त्यसैगरी, कप्तान दीपेन्द्रसिंह ऐरीले ३० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३९ रन बनाए । आरिफ शेखले २५ रन जोडे भने इशान पाण्डेले ११ रन जोड्दै आउट भए ।

बलिङतर्फ काठमाडौंका करण केसीले सर्वाधिक ४ विकेट लिँदा सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले समान दुई–दुई विकेट लिए ।

यसअघि भएको पहिलो खेलमा काठमाडौंले जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो । यता पहिलो संस्करणको उपविजेतासमेत रहेको सुदूरपश्चिमको भने यो पहिलो खेल हो ।

ADV

सम्बन्धित खबर