२०८२ मंसिर ३ गते बुधवार / Nov 19 , 2025 , Wednesday
२०८२ मंसिर ३ गते बुधवार
Ads

एनपिएलमा फिक्सिङ प्रयास, दुई जना पक्राउ

shivam cement
२०८२ मंसिर ३ गते २०:२७
Shares
एनपिएलमा फिक्सिङ प्रयास, दुई जना पक्राउ

काठमाडौं : राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा खेलाडीलाई आर्थिक प्रलोभन देखाएर म्याच फिक्सिङ गराउने प्रयास गरिएको खुलासा भएको छ । सो प्रकरणमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिकसहित दुई जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार एनपिएलमा खेलिरहेका खेलाडीहरुलाई ‘स्पोन्सर’ गर्ने भन्दै सामाजिक क्षेत्रमा ह्वाट्सएप र इन्स्टाग्राममार्फत सम्पर्क गरी हारजितमा प्रभाव पार्ने प्रस्ताव गरिएको थियो । खेलाडीलाई रन आउट हुनुपरेको सर्तसहित एक करोड रुपैयाँसम्मको प्रलोभन देखाइएको प्रहरी अनुसन्धानले जनाएको छ ।

एक खेलाडीले यस्तो प्रस्ताव अस्वीकार गर्दै प्रहरीसमक्ष जानकारी दिएका थिए । त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निगरानी बढाउँदै मंगलबार संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारतको हरियाणा, पानीपतका २८ वर्षीय दिलप्रित सिंह र बर्दिया बारबर्दिया–८ घर भई हाल भारतको चण्डीगढ बस्दै आएकी २४ वर्षीया रेविका सिंह ठकुरी रहेका छन् । 

प्रहरीका अनुसार पक्राउ परेका दुबै व्यक्ति सामाजिक सञ्जालमार्फत बेटिङ खेलाउने समूहसँग पनि जोडिएका छन् । उनीहरूले फिक्सिङ र बेटिङ दुवै कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

ADV

सम्बन्धित खबर