
काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रनको योगफल तयार गरेको हो ।
कर्णालीका लागि प्रियांक पन्चालले अर्धशतकीय इनिङ खेले । उनले ४८ बलमा ७ चौका, ६ छक्काको सहयोगमा ९० रन बनाए । यस्तै पवन सर्साफले २७, म्याक्स डोआउडले २०, मार्क वाटले १६ रन बनाए ।
चितवनका रवि बोपारा, सैफ अली जैब र सोहेल तनभीरले समान एक-एक विकेट लिए ।