
काठमाडौं ः सरकार नयाँ मुख्यसचिव नियुक्त गर्ने तयारीमा छ । वर्तमान मुख्यसचिव एकनारायण अर्याल मंसिर ९ गते अनिवार्य अवकाशमा जाने भएकाले नयाँ नियुक्ति प्रक्रिया अघि बढाइएको हो ।
निजामती सेवा ऐन २०४९ अनुसार मुख्यसचिव पदमा बहालवाला सचिवहरूबाट ज्येष्ठता र कार्यकुशलताको आधारमा छनोट गरिन्छ ।
बहालवाला सचिवहरूको सूचीमा गोकर्णमणि दुवाडी सबैभन्दा अगाडि छन् । उनी राष्ट्रिय योजना आयोगमा कार्यरत छन् । दोस्रो नम्बरमा रक्षा सचिव सुमनराज अर्याल छन् । तेस्रोमा खानेपानी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य छन् ।
त्यस्तै, प्रमुख प्रतिस्पर्धीमध्ये मधुसुदन बुर्लाकोटी (प्रमुख तथ्यांक अधिकारी) र कृष्णहरि पुष्कर (श्रम मन्त्रालयका सचिव) पनि रहेका छन् ।