२०८२ मंसिर ५ गते शुक्रवार / Nov 21 , 2025 , Friday
२०८२ मंसिर ५ गते शुक्रवार
Ads

धनकुटामा माइक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ घाइते

shivam cement
प्रवेश बिष्ट
२०८२ मंसिर ५ गते १२:१९
Shares
धनकुटामा माइक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ घाइते

विराटनगर : काठमाडौंबाट संखुवासभाको खाँदबारी जाँदै गरेको माइक्रो बस धनकुटाको पाख्रिवासमा दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी राजन कार्कीका अनुसार बा ४ ख ५५०२ नम्बरको सप्तकोसी कम्पनीको हायस माइक्रो अनियन्त्रित भई दुर्घटना हुँदा संखुवासभा सभापोखरी–२ की ८२ वर्षीया सावित्रा कालाखेतीको मृत्यु भएको हो ।

पाख्रिवास नगरपालिका–५ भैंसेस्थित मध्यपहाडी लोकमार्गमा माइक्रो सडकबाट करिब ७० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनापछि घटनास्थलमा ईलाका प्रहरी कार्यालय पाख्रिबासका प्रवक्त नारायणप्रसाद भट्टराईको कमाण्डमा प्रहरी टोली पुगेर घाइतेहरूको उद्धार गरेको थियो ।

उद्धार गरिएका सबै घाइतेहरूलाई विभिन्न सवारीसाधनमार्फत जिल्ला अस्पताल धनकुटा लगिएको थियो । 

दुर्घटनामा परी धनकुटा महालक्ष्मी–३ प्रहरी जवान सुजता गिरी, संखुवासभा सिलिचुङ–३ को सगीता राई र नरेन्द्र राई, संखुवासभा पाँचखपन–९ का लमु शेर्पा, उदयपुर लिम्चुङबुङ–१ का निर्जला राई र बिनिता राई जेसन राई घाइते भएका छन् । त्यस्तै, सिन्धुलीका सन्तबहादुर तामाङ, भोजपुर साप्लासिलिचुङ–५ पासाङ शेर्पा घाइते भएको प्रहरीले जनाएको छ । 

माइक्रो चालक दिपेन्द्र बुढाथोकी र खाँदबारी–७ का रत्नबहादुर विक गम्भीर घाइते भएका छन् । उनीहरुलाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा रेफर गरिएको छ । दुर्घटनाको कारण खुलेको छैन भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ADV

सम्बन्धित खबर