२०८३ कार्तिक ३ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक ३ गते सोमवार

सिमराको स्थिति नियन्त्रणबाहिर, प्रहरीले खोल्यो फायर

Nada
२०८२ मंसिर ४ गते १६:१६
Shares
सिमराको स्थिति नियन्त्रणबाहिर, प्रहरीले खोल्यो फायर

काठमाडौं : बाराको सिमरामा उत्पन्न स्थिति नियन्त्रणबाहिर गएको छ । बुधबारदेखि जारी कर्‌फ्र्युको अवज्ञा गर्दै जेनजीहरू सडकमा उत्रिएपछि स्थिति नियन्त्रण बाहिर गएको हो । 

ncell

स्थितिलाई नियन्त्रणमा ल्याउन प्रहरीद्वारा चार राउण्ड अश्रुग्यास र दुई राउण्ड हवाई फायर भएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामाङले जानकारी दिए ।

उनका अनुसार स्थिति नियन्त्रणमा लिन खोज्दा एक डीएसपी, इन्स्पेक्टर, असई र हवल्दारसहित चार जना घाइते भएका छन् ।

बुधबार जेनजी युवामाथि आक्रमण गर्नेलाई तुरुन्त पक्राउ गर्न उनीहरूले दबाब दिइरहेका छन् भने प्रहरीले दुई जना वडाध्यक्षलाई पक्राउ गरेको छ ।

uae

सम्बन्धित खबर