२०८२ मंसिर ३ गते बुधवार / Nov 19 , 2025 , Wednesday
२०८२ मंसिर ३ गते बुधवार
Ads

गुलरिया नगरपालिका–२ द्वारा विपन्न विद्यार्थीलाई ल्यापटप वितरण

shivam cement
दीपकलाल श्रेष्ठ
२०८२ मंसिर ३ गते १७:४४
Shares
गुलरिया नगरपालिका–२ द्वारा विपन्न विद्यार्थीलाई ल्यापटप वितरण

बर्दिया : गुलरिया नगरपालिका–२ ले विपन्न विद्यार्थीहरूलाई ल्यापटप वितरण गरेको छ ।

वडाध्यक्ष टंक अधिकारीका अनुसार उच्च शिक्षा अध्ययनरत तथा वडा नम्बर–२ का स्थायीबासिन्दा स्मिता नेपाली, यशकुमार यादव, अकलेश यादव र रामबाबु यादवलाई ल्यापटप वितरण गरिएको हो ।  

ल्यापटपको मूल्य लागतको ६० प्रतिशत वडाले र ४० प्रतिशत विद्यार्थी स्वयंले व्यहोरेका छन् । कक्षा १२ की छात्रा स्मिता नेपालीले वडाको सहयोगले उच्च शिक्षा तथा प्रविधिमैत्री सिकाइमा सहजता पुगेको बताइन् । 

वडाध्यक्ष अधिकारीले विपन्न विद्यार्थीका लागि वडाले वर्षेनी सहयोग गर्दै आएको र आगामी वर्षहरूमा पनि शैक्षिक प्रविधिसम्बन्धी सामग्री वितरणलाई निरन्तरता दिने बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर