२०८३ कार्तिक ३ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक ३ गते सोमवार

पाशुपत क्षेत्रमा छरियो शतबीज

Nada
२०८२ मंसिर ३ गते ११:४२
Shares
पाशुपत क्षेत्रमा छरियो शतबीज

काठमाडौं : मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज पितृमोक्षको कामनाका साथ पाशुपत क्षेत्रमा शतबीज छरिएको छ । बाला चतुर्दशीसमेत भनिने आज विधिपूर्वक शिवालय परिसर पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज छरे दिवंगत पितृले मोक्ष पाउने जनविश्वास छ ।

ncell

‘चर्तुवर्ग–चिन्तामणि’अनुसार धानका सय दाना छर्ने विधि भए पनि कतिपयले मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न शतबीजका रूपमा छर्ने गरेका छन् ।

मार्गशीर्ष कृष्ण त्रयोदशीको राति दिवंगत पितृको सद्गतिको कामना गर्दै महादीपदान गरेर शतबीज छरी अन्न खानुपर्ने मान्यता  छ । पशुपति क्षेत्रको मृगस्थली, विश्वरुप, आर्यघाट, रुद्रगाडेश्वर, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नवबुद्ध, बहिरो गणेशलगायत क्षेत्रमा शतबीज छर्नेको घुइँचो छ । आज पाशुपत क्षेत्रमा आउनेले वासुकी र गुह्येश्वरीमा पनि विशेष पूजा गर्ने प्रचलन छ ।

पाशुपत क्षेत्रका साथै काठमाडौं उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, वसन्तपुरस्थित हनुमानढोका दरबार मक्खन महादेवस्थानमा पनि शतबीज छरिएको छ । 

uae

सम्बन्धित खबर