२०८२ मंसिर २ गते मङ्गलवार / Nov 18 , 2025 , Tuesday
२०८२ मंसिर २ गते मङ्गलवार
Ads

पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारी पूरा

shivam cement
२०८२ मंसिर २ गते १३:२७
Shares
पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारी पूरा

काठमाडौं : पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारी सम्पन्न भएको छ । बाला चतुर्दशीका लागि बत्ती, पाल, शतबीज मार्ग व्यवस्थापनलगायत तयारी सम्पन्न भइसकेको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।

दिवंगत पितृको सम्झनामा आफन्तजनबाट मंगलबार रातभर दीप प्रज्वलन गरी बुधबारका दिन शतबीजारोपण गर्न आवश्यक तयारी पूरा भएको बताइएको छ ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृको स्मरणमा बत्ती बाला चतुर्दशीका दिन बिहान शतबीज छर्ने परम्परा छ । मन्दिर प्रांगण, मुख्य क्षेत्रभित्र र ढुंगा छापेको, पीच गरेको स्थानमा शतबीज नछर्न र सकेसम्म उम्रने खाली ठाउँमा मात्र छर्न कोषले भक्तजनहरुलाई आग्रह समेत गरेको छ ।

ADV

सम्बन्धित खबर