२०८२ कार्तिक २८ गते शुक्रवार / Nov 14 , 2025 , Friday
२०८२ कार्तिक २८ गते शुक्रवार
Ads

सिरहामा अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयर वितरण

shivam cement
मनु यादव निरज
२०८२ कार्तिक २७ गते १६:१८
Shares
सिरहामा अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयर वितरण

सिरहा : सिरहा जिल्लाको नवराजपुर गाउँपालिका वडा नम्बर ४ र ५ मा अपाङ्गता भएका व्यक्तिहरूलाई ८ वटा ह्विलचेयर वितरण गरिएको छ । युवा नेता नवीन यादवको अगुवाइमा पद्मोदय फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा यी ह्विलचेयरहरू हस्तान्तरण गरिएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नवीन यादवले अपाङ्गता भएका व्यक्तिहरू पनि समाजका सचेत नागरिक भएको भन्दै उनीहरूको जीविकोपार्जन र सम्मानजनक जीवनका लागि राज्यले विशेष ध्यान दिनुपर्ने बताए । “शारीरिक रूपमा अपाङ्गता भए पनि उनीहरूमा बौद्धिक क्षमता उच्च हुन्छ । कसैले पनि उनीहरूलाई हेयको दृष्टिले हेर्नुहुँदैन,” उनले भने ।

पद्मोदय फाउन्डेसन र नवीन यादवको सहकार्यमा भएको यो कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको जीवन गुणस्तरमा सुधार ल्याउने उद्देश्य राखेको छ । कार्यक्रमको अध्यक्षता फाउन्डेसनका अध्यक्ष दीपेन्द्र महतोले गरेका थिए भने विशिष्ट अतिथिका रूपमा फाउन्डेसनका संरक्षक उपस्थित थिए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयको सहभागिता रहेको थियो ।

ADV

सम्बन्धित खबर