२०८२ कार्तिक २४ गते सोमवार / Nov 10 , 2025 , Monday
२०८२ कार्तिक २४ गते सोमवार
Ads

उदयपुरमा ट्याक्टरबाट खस्दा एक जनाको मृत्यु

shivam cement
बिन्द्र राई
२०८२ कार्तिक २३ गते २१:५०
Shares
उदयपुरमा ट्याक्टरबाट खस्दा एक जनाको मृत्यु

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–५ मा आइतबार ट्याक्टरबाट खस्दा एक जनाको मृत्यु भएको छ । पिपलचौरीबाट लालपत्तातर्फ जाँदै गरेको स १ त ५४३५ नम्बरको थ्रेसर मेसिन जडान गरिएको ट्याक्टर गुड्ने क्रममा सोही ट्याक्टरका कामदार ५८ वर्षीय दमसेर राई खसेर घाइते भएका थिए ।

घाइते राईलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका छन् । मृतक राई पिपलचौरीकै स्थानीय बासिन्दा रहेको प्रहरीले जनाएको छ ।

ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएपनि चालक भने घटनापछि फरार छन् । चालकको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ADV

सम्बन्धित खबर