२०८२ असोज ३० गते बिहिवार / Oct 16 , 2025 , Thursday
२०८२ असोज ३० गते बिहिवार
Ads

निजामती संघीय कर्मचारी ऐन दुई महिनाभित्र पारित हुन्छ : मन्त्री गुप्ता

shivam cement
लालबाबु बानिया
२०८१ साउन ८ गते २१:०५
निजामती संघीय कर्मचारी ऐन दुई महिनाभित्र पारित हुन्छ : मन्त्री गुप्ता

पर्सा : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले निजामती संघीय कर्मचारी ऐन दुई महिनाभित्र पारित हुने बताएका छन् । 

नेकपा एमाले जिल्ला कमिटी पर्साले आफ्नै पार्टी कार्यालयमा मंगलबार आयोजना गरेको  शुभकामना तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले ८ वर्षदेखि विवादित हुँदै आएको संघीय निजामती कर्मचारी ऐन अबको दुई महिनाभित्र पारित गरिने बताए । 

साथै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हुने सरुवालाई नियन्त्रित गरी एक कार्यालयमा एक वर्षसम्म कामकाज गर्न ऐन पनि बनाइने मन्त्री गुप्ताले बताए । 

कार्यक्रममा खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जैसवाल, प्रदेशसभा सदस्य बिना शर्मा, जिल्ला कमिटी अध्यक्ष विशम्वर शर्मा, उपाध्यक्ष एवं छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता, पोखरिया नगरपालिकाका मेयर प्रधुमन चौहान लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन जिल्ला कमिटी सचिव महेश दासले गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise