२०८३ कार्तिक ३ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक ३ गते सोमवार

भारतबाट ल्याइएका २० कार्टुन माछा बरामद गरी नष्ट

Nada
विनोद निगम
२०८२ कार्तिक १९ गते २०:२०
Shares
भारतबाट ल्याइएका २० कार्टुन माछा बरामद गरी नष्ट

नवलपरासी : सशस्त्र प्रहरीले भारतबाट अवैधरूपमा भित्र्याइएका २० कार्टुन माछा बरामद गरी नष्ट गरेको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–९ सोनबर्षा क्षेत्रमा लुकाइ–छिपाइ गरिएको अवस्थामा ती माछा बरामद गरिएको हो । 

ncell

बुधबार बिहान सशस्त्र प्रहरी बल, नेपाल बीओपी गुठिप्रसौनीका निरीक्षक  प्रकाश थापाको कमाण्डमा खटिएको पाँच जनाको टोली तथा सुरक्षा बेस परासीका निरीक्षक  गोबिन्द बहादुर सिंहको नेतृत्वमा खटिएको पाँच जनाको संयुक्त टोलीले सोनबर्षा क्षेत्रको परालभित्र लुकाएर राखिएको अवस्थामा माछा बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

बरामद माछा पशु क्वारेन्टाइन चेकपोष्ट महेशपुरका प्रतिनिधि तथा स्थानीयको उपस्थितिमा सीमा सुरक्षा गुल्म, हरपुरको परिसरमा खाल्डो खनी पुरेर नष्ट गरिएको छ । 

सशस्त्र प्रहरीका अनुसार भारतबाट बिना अनुमति ल्याइने माछा, कुखुरा, मासु तथा अन्य खाद्य वस्तुहरू स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुनसक्ने भएकाले त्यसको नियन्त्रणमा कडाइ गरिएको छ । प्रहरीले अवैध खाद्य पदार्थ आयात रोक्न सीमा नाकाहरूमा निगरानी बढाएको छ ।  

uae

सम्बन्धित खबर