
                  
रुकुमपूर्व : रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटकी सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । सुत्केरी बेथा लागेकी मैकोटकी १५ वर्षीया अन्जना कामीको नेपाली सेनाको हेलिकोप्टरमार्फत मंगलबार उद्धार गरिएको हो ।
बिहान करिब पौने १० बजे उद्धार गरी उनलाई प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिए । मंगलबार बिहान ४ बजे सुत्केरी बेथा लागेकी उनलाई स्वास्थ्य चौकी मैकोटमा ल्याइएको थियो । स्वास्थ्यकर्मीले जाँच गर्दा अवस्था जटिल भएपछि उद्धारका लागि पहल गेरर सुर्खेत पठाइएको परियारले बताए ।
स्वास्थ्य शाखाका सहसंयोजक कलिभान विष्टका अनुसार बच्चा जन्मिने समय अझै एक महिना बाँकी रहे पनि अचानक बेथाले च्यापेपछि अवस्था गम्भीर बनेको थियो । बिरामीको पेट फुल्ने, काम्ने र बेहोस हुने लक्षण देखिएको विष्टले बताए ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।