२०८२ कार्तिक १५ गते शनिवार / Nov 01 , 2025 , Saturday
२०८२ कार्तिक १५ गते शनिवार
Ads

रुकुमको डिग्रे मेला सुरु

shivam cement
प्रचण्ड खत्री
२०८२ कार्तिक १५ गते १९:३५
रुकुमको डिग्रे मेला सुरु

रुकुम पश्चिम : रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेला शनिबारदेखि सुरु भएको छ। जिल्लाको मुसिकोट नगरपालिका -५ थर्पुमा रहेको डिग्रे शाईकुमारी मन्दिरमा परम्परागत रुपमा लाग्दै आएको डिग्रे मेला यस वर्ष पनि कात्तिक १५ गतेबाट सुरु भएको हो । मेला पाँच दिनसम्म लाग्ने छ ।

हरिबोधनी एकादशीदेखि कार्तिक पुर्णिमाको दिनसम्म लाग्ने यो मेला यस बर्ष कार्तिक १९ गतेसम्म हुनेछ । कर्णाली प्रदेशकै प्रख्यात मेलाको रुपमा चिनिने यो मेलामा पूर्णिमाको दिन पुजापाठसहित बलि चढाउने र अन्य साँस्कृतिक कार्यक्रमसहित आकर्षक नाचगान हुने डिग्रे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले मध्यान्हलाई जानकारी दिए ।

अध्यक्ष केसीका अनुसार शाईकुमारी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको बाक्लो भिड लागेको छ । उक्त मन्दिरमा पूजापाठ गर्दा मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहेको छ ।

कर्णाली प्रदेशकै प्रसिद्ध धार्मिक स्थल डिग्रेशाईकुमारीमा पूजापाठ सहित पूर्णिमाको दिनमा भव्य रूपमा मेला लाग्ने गर्दछ । मेलाको अन्तिम दिन सखालले लाठी नाच प्रदर्शन गरेसंगै विधिवत रूपमा मेला समापन गरिन्छ ।

डिग्रे मन्दिरमा बाह्रैमास पूजापाठ हुँदै आएपनि मूल पर्वको रुपमा (पाँच दिन) अर्थात् एकादशीदेखि पूर्णिमाको दिनसम्म पूजापाठ सहित मेला लाग्ने गर्दछ । मेला हेर्न कर्णाली प्रदेशका सबै जिल्ला अन्य प्रदेश र बिदेशबाटसमेत मानिसहरु मेला हेर्न आउने गर्दछन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर